काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई घोषणा गरेको ११ प्रतिशत बोनश शेयर साधारण सभाबाट पारित गरी सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । धितोपत्र दोस्रो बजारमा फागुन २ गते सूचीकृत गराईसकेको उक्त बोनश शेयर कम्पनीले कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
पुस ८ गतेसम्म शेयर अभौतिकीकरण गराइसकेका सदस्यहरुको बोनश शेयर हितग्राही खातामा जम्मा गरिसकेको र त्यस पश्चात शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा पनि क्रमशः बोनश शेयर जम्मा गरिने जनाको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले गत पुस २३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट ११ प्रतिशत बोनश र कर प्रयोजनका लागि समेत ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियो ।