Connect IPS
IME Life

नेशनल हाइड्रोपावरको १९.५%लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, एजिएम कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा आज फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले इतिहासमै पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पूँजीको १९ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १८ दशमलव ५२५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश सहित १९ दशमलव ५ प्रतिशत लाभांश दिने भएको हो ।

Prabhu
Crest

कम्पनीले बोनस शेयर वितरण पछि कामय पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त बोनश शेयर तथा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारितका लागि फागुन ३० गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले सञ्चालक समितिमा ७ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई २५ प्रतिशतमा खरिद गर्ने विशेष प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS