Connect IPS
IME Life

सर्वसाधारणमा शेयर जारी गर्दै प्राधिकरण, इक्रा नेपालबाट पायो डबल ए प्लस क्रेडिट रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । शेयर जारी गर्ने प्रयोजनको लागी वित्तीय सबलताको सम्बन्धमा क्रेडिट रेटिङ गराएको प्राधिकरणले इक्रा नेपालबाट डबल ए प्लस रेटिङ पाएको छ । यस्तो रेटिङले शेयर जारीकर्ता कम्पनीसँग वित्तीय दायीत्वहरुको समयमै पुरा गर्न सक्ने क्षमताको आधारमा उच्च स्तरको सुरक्षित रहेको जनाउँछ ।

यस्तो रेटिङ प्राप्त शेयरजारी गर्ने कम्पनीको उधारो वा कर्जाको जोखिम ज्यादै न्यून हुन्छ भन्ने इक्रा नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
प्राधिकरणले आगामी पाँच वर्षमा ठूला परियोजनाहरु संचालन गरिरहेको छ । जसको लागी वार्षिक ५० अर्ब रुपैयाँ लगानी आवश्यक पर्नेछ । तसर्थ पूँजीगत लगानीको प्रतिबद्धता, विद्युत खरिद सम्झौतावापतको भुक्तानी, ऋण भुक्तानी र संचालन खर्चको व्यवस्थापन गर्न सक्ने क्षमता
महत्वपूर्ण हुनेछ ।

Prabhu
Crest

विद्युत प्रशारण पूर्वाधार निर्माणको लागी ठूलो लगानी आवश्यक भएको र प्राधिकरणको वित्तीय दायीत्व पुरा गर्नको लागी समेत थप पूँजी परिचालन गर्नुपर्ने भएको हुँदा सर्वसाधारणमा शेयर जारी गरी प्राधिकरणले पूँजी जुटाउने तयारी गरेको हो ।

प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पहिलो कार्यकालमै प्राधिकरणको घाटा कम गर्नको लागी सर्वसाधारणमा शेयर जारी गर्ने तयारी भइरहेको सार्वजनिक घोषणा गरेका थिए । प्राधिकरणले पछिल्लो दुईवर्षयता संचित नाफामा रहेको प्राधिकरणले प्रिमियम मूल्यमा शेयर जारी गर्ने तयारी गरिरहेको छ । प्रिमियम मूल्यमा शेयर बिक्री वापत प्राप्त हुने अतिरिक्त रकम(नाफा)लाई प्राधिकरणले आफ्नो वित्तीय सबलताको लागी प्रयोग गर्नेछ ।

प्राधिकरणमा सरकारी लगानी तथा कर्मचारी संचय कोष,नागरिक लगानी कोष लगायतको सरकारी संस्थाहरुको ऋण लगानी रहेको छ । प्राधिकरणले चुक्ता गर्नुपर्ने वित्तीय दायीत्व ठूलो भएपनि सरकारले प्रदान गर्ने ऋणवापतको ब्याज समेत पूँजीकरण हुँदै आएको हुँदा ऋण तत्कालै तिर्नुपर्ने बाध्यता छैन ।

महालेखा परिक्षकको प्रतिवेदनले विद्युत प्राधिकरणको लेखा नीति र अभ्यासहरुमा विभिन्न त्रुटीहरु औंल्याएको छ । संचालन खर्चलाई समेत पूँजीगत खर्चको रुपमा खातामा प्रविष्टी गरिएको छ ।

१ खर्ब ६४ अर्ब चुक्ता पूँजी रहेको विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७७।७८ को एकीकृत मुनाफा ८ अर्ब रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS