Connect IPS
IME Life

बजार घट्दा पनि सर्वाधिक धेरै बढेका दश कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुधबार नेप्से सूचक १५.५० अंकले घट्दा दिव्यश्वरी हाइड्रोपावरको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । आज दिव्यश्वरी कम्पनीका शेयर धनीले सर्वाधिक  धेरै कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य ३२ रुपैयाँ ७० पैसाले बढेर ३५९ रुपैयाँ ७० पैसामा कारोबार भएको छ । यसैगरी दिव्यश्वरीलाई पछ्याउँदै युनाइटेड इदी मार्दीको शेयरमा पनि सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य ९१ रुपैयाँ ८० पैसाले बृद्धि भई प्रति १ हजार १० रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ ।

यसैगरी आज घलेम्दी हाइड्रोपावरका शेयर धनीले पनि सर्वाधिक धेरै कमाएका छन् । यस कम्पनीको प्रति शेयर ३२ रुपैयाँले बढेर ३९७ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको शेयर ९ दशमलब २२ प्रतिशतले बृद्धि भएको हो ।

Prabhu
Crest

यसका साथै तेह्रथुम पावर कम्पनीका शेयर धनीको प्रति शेयर ६७ रुपैयाँले बृद्धि भई ८२५ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको शेयर ८ दशमलव ८४ प्रतिशतले बृद्धि भएको हो । रुरु जलबिद्युत कम्पनीको शेयर भने ७ दशमलब ४८ प्रतिशतले बृद्धि भएको छ । जसअनुरुप प्रति शेयर ७७ रुपैयाँले बृद्धि भई १ हजार १०६ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS