Connect IPS
IME Life

शेयर बजार १५.५० अंकले घट्दा हाइड्रोपावरमा आयो सुधार, यस्तो छ कारण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बुधबार नेप्से सूचक १५.५० अंकले तल झर्दा हाइड्रोपावर कम्पनीहरुको शेयर मूल्य भने बढेको छ । भोलि बिहीबार संसदमा एमसीसीको विषयमा छलफल रहेको छ । यदि सरकारले चाह्यो र बहुमत पुग्ने अवस्था आयो भने भोलि नै पारित पनि हुने सम्भावना छ । त्यसैले आज जलविद्युत कम्पनीको शेयरमा उछाल आएको हो ।

यहि अवधिमा कतिपय जलविद्युत कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने हल्ला चलाएर मूल्य बढाइरहेका छन् । लगानीकर्ताहरु जलविद्युत कम्पनीको शेयरमा आकर्षित भएको मौका छोप्दै मूल्य बढाएर बिक्री गर्ने संस्थापकहरुको रणनीतिलाई कुनै पनि निकायले रोक्न सक्ने अवस्था छैन । यस भन्दा अगाडी पनि जलविद्युत कम्पनीका ठुला शेयरधनीहरुले हकप्रदको हल्ला चलाउदै मूल्य बढाउदै आफ्नो शेयर बिक्री गरेका थिए ।

Prabhu
Crest

यदि एमसीसी पारित भयो भने जलविद्युत कम्पनीहरुको प्रसारण लाइन निर्माण हुने र भोलिका दिनमा फाइदा हुने विश्लेषण गरिएको छ । त्यसैले गर्दा एमसीसीको विषयले जलविद्युत कम्पनीको शेयरलाई प्रभावित पार्दै आएको छ ।

विगत केहि समयदेखि यहि मुद्दाले जलविद्युत कम्पनीको शेयर मूल्यमा प्रभाव पारिरहेको छ । जलविद्युत बाहेक सम्पुर्ण सूचकमा गिरावट आएको छ । बुधबार नेप्से सूचक १५.५० अकले घटेर २७२०.४३ मा बन्द भएको छ । हाइड्रोपावर कम्पनीको मूल्य बढे पनि अन्य कम्पनीको घटेकाले कारोबार रकम भने तीन अर्ब १३ करोड रुपैयाँमै सिमित भएको छ । आज तीन हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । विगतका दिनमा जस्तै आज पनि नेपाल टेलिकमको सर्वाधिक धेरै १९ करोड ३७ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS