Connect IPS
IME Life

शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम बढ्न सकेन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मंगलबार नेप्से सूचक १७.४२ अंकले बढेको छ । तिव्र उतारचढावका विच अन्तिम मिनेटमा ५ अंक भन्दा धेरैले सुधार भएर २७३५.९३ अंक कायम भएको छ । सूचकमा सुधार भए पनि कारोबार रकम भने तीन अर्ब २१ करोड रुपैयाँमै सिमित भएको छ ।

मंगलबार उत्पादन तथा प्रशोधन र लगानीको सूचकमा गिरावट देखिएको छ भने बाँकी सूचकमा सुधार भएको छ । एमसीसीको विषयलाई लिएर राजीनिक दल तथा सत्तारुढ गठबन्धनमा भइरहेको छलफल तथा असमझदारीले शेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पारेको छ ।

Prabhu
Crest

मैलुङ खोला र युनाइटेड इदि मर्दीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा गिरावट देखिएको छ । नेपाल टेलिकमको सबैभन्दा धेरै कारोबार भएको छ ।

मंगलबार १३१ वटा कम्पनीको शेयर मूल्य सुधार हुँदा ५० वटा कम्पनीको मूल्यमा भने गिरावट आएको छ । लगानीकर्ताहरु अहिले अन्योलमा छन् । एमसीसी अझै के हुन्छ भन्ने टुङ्गो छैन । अर्को तर्फ बैशाखामा चुनावको विषयमा पनि अझै अन्योलता रहेको राजनीतिक बृत्त भित्रको छलफलले पनि शेयर बजार प्रभावित भइरहेको छ ।

शेयर बजारलाई प्रभावित पार्ने बैंकिङ तरलता अझै सहज हुने अवस्था छैन । जवसम्म बैंकिङ तरलता सहज हुने समाचार बाहिर आउदैन तबसम्म शेयर बजार सुधार हुने लक्षण देखिदैन । एमसीसी पारित भए पनि पारित भएकै भोलिपल्ट शेयर बजार सुधार हुने अवस्था छैन । त्यसैले गर्दा बैंकिङ तरलता र व्याजदर नै अहिलेको ठुलो समस्या हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS