काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चैत ६ गते चौथो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ६ गते विहान ११ बजे साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।
कम्पनीले यस वर्ष लाभांश नदिने भएको छ । आगामी वर्ष मात्रै लाभांश दिने कम्पनीले जनाएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नेछ ।