Connect IPS
IME Life

राष्ट्र उत्थान लघुवित्तको आइपिओमा २६ लाख २६ हजारको आवेदन, ३८.३० गुणा बढि माग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा माग भन्दा ३८.३० गुणा बढिको आवेदन परेको छ । आजसम्म निष्काशन गरिएको आइपिओमा २६ लाख २६ हजार ९० जनाले आवेदन दिएका छन् । उनिहरुले तीन करोड चार लाख ३१ हजार ३७० कित्ताको माग गरेका हुन् ।

प्राथमिक शेयर पर्न छाडेपछि आवेदकको संख्या घट्न थालेको छ । यस भन्दा अगाडी निष्काशन भएको इमर्जीङ पावरको शेयरमा २६ लाख ४३ हजारले आवेदन दिएका थिए ।

Prabhu
Crest

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

संस्थाको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । संस्थाको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS