Connect IPS
IME Life

यि हुन् सर्वाधिक धेरै कारोबार भएका १० कम्पनी, जीवन विकास पहिलो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मात्रै ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत नगद सहित ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको जीवन विकास लघुवित्तको शेयरमा लगानीकर्ताहरु आकर्षित देखिएका छन् । आइतबार जीवन विकासको मात्रै ५८ करोड २ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

दोस्रो धेरै कारोबार हुनेमा नेपाल टेलिकम रहेको छ । नेपाल टेलिकमको मात्रै १९ करोड २० लाख रुपैयाँको खरिद बिक्री भएको छ । तेस्रो धेरै कारोबार भएको अरुण भ्याली हाइड्रोपावरको मात्रै १७ करोड १२ लाख रुपैयाँको किनवेच भएको छ । अपि पावरको शेयर पनि १६ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

बोनस शेयर सूचिकृत भए सँगै हिमालयन डिष्ट्रिलरीको शेयर कारोबार बढेको छ । कम्पनीको मात्रै आज १५ करोड ३८ लाख रुपैयाँको खरिद बिक्री भएको छ । हकप्रद र बोनस शेयर घोषणा पछि खासै शेयर मूल्य बढ्न नसकेको नेशनल हाइड्रोपावरको शेयर १२ करोड २० लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

सर्वाधिक धेरै कारोबार हुने अर्को कम्पनी एचआइडिसिएल रहेको छ । यसको ९ करोड २७ लाख रुपैयाँको खरिद बिक्री भएको छ । अपर तामाकोको शेयर मूल् पनि खासै सुधार नदेखिए पनि कारोबार रकम भने ८ करोड ६४ लाख रुपैयाँको भएको छ ।

विगतका वर्षको तुलनामा कम लाभांश घोषणा गरेको नेपाल लाइफको ८ करोड १८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सर्वाधिक धेरै लगानीकर्ता बनाएको निफ्राको पनि सर्वाधिक धेरै १० कारोबार भएको कम्पनी मध्ये १० औ नम्बरमा परेको छ । निफ्राको मात्रै ८ करोड १७ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS