Connect IPS
IME Life

एमसीसी टेबल हुँदा पनि शेयर बजारमा ३९.४० अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्बन्धी सम्झौता संसदमा टेबल भए पनि शेयर बजार भने ३९.४० अंकले घटेको छ । परियोजनाले जलविद्युत प्रसारण लाइन तथा सडक सञ्जालका लागि सहयोग गर्नेछ ।

उक्त परियोजना मार्फत नेपालमा अमेरिकाले ५५ अर्बको सहयोग गर्ने भएकाले नेपालको अर्थतन्त्र अझ जलविद्युत आयोजनामा ठुलो मद्दत पुग्ने भन्दै यसको पारित पछि शेयर बजार सुधार हुने अपेक्षा गरिएको थियो ।

Prabhu
Crest

यो परियोजनाका लागि २०७६ मै सहमति भए पनि राजनीतिक सहमति हुन नसक्दा संसदमै टेबल हुन सकेको थिए । तर आज सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन् ।

प्रतिपक्षी तथा अन्य दलका नेताहरुले संसद भित्रै चर्को विरोध गरे पनि एमसीसी टबल भएको छ । टबल हुन भन्दा अगाडी शेयर बजारमा सुधारको संकेत देखिएको थियो । तर सोहि अवधिमा केहि नेताहरुले यसको चर्को विरोध गरे पछि शेयर बजार भने सुधार हुन सकेन । अहिले पनि संसद भवन वरपर विरोध भइरहेको छ ।

साताको पहिलो दिन नेप्से सूचक १.४४ प्रतिशतले घटेर २६९३.१० अंकमा रोकिएको छ । कारोबार रकममा खासै सुधार भएको देखिदैन । आइतबार ४ अर्ब ८ करोड रुपैयाँको खरिद बिक्री भएको छ । अन्य बाहेक सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन् ।

आज सर्वाधिक धेरै युनाइटेड इदि मार्दीको शेयर मूल्य सुधार हुने क्रममा सकारात्मक सर्किट लागेको छ । त्यस्तै तेह्रथुप पावर सामलिङ पावरको शेयर मूल्यमा सर्वाधिक सुधार देखिएको छ । आजै बम्पर लाभांश घोषणा गरेको जीवन विकास लघुवित्तको शेयर मूल्यमा ३.४९ प्रतिशतले सुधार भएर ५१३३ रुपैयाँ कायम भएको छ । आज नारयणी डेभलपमेन्टका शेयरधनीहरुले सर्वाधिक धेरै गुमाएका छन् । आकर्षक लाभांश घोषणाका कारण जीवन विकास लघुवित्तको सर्वाधिक धेरै कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS