Connect IPS
IME Life

नेपाल विद्युत प्राधिकरणको पहिलो ६ महिनाको नाफा १२ अर्ब १२ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १२ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा प्राधिकरणको मुनाफा ६ अर्ब १८ करोड रुपैयाँ थियो । प्राधिकरणले नेपाल सरकारको सार्वजनिक संस्थाहरुको मध्ये सर्वाधिक मुनाफा आर्जन गरेको दाबी समेत गरेको छ ।

गत आर्थिक वर्षमा मुनाफामा गिरावट आएकोमा यस वर्ष भने चामत्कारिक बृद्धि भएको छ । विद्युत् चुहावट नियन्त्रण, भारतर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् विक्रीमा वद्धि, अन्य आयमा वद्धिका कारण चालू आवको ६ महिनामा उल्लेख्य मुनाफा आर्जन गर्न सकिएको प्राधिकरणले जनाएको छ ।

Prabhu
Crest

राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशीले विद्युत उत्पादन सुरु गरे सँगै प्राधिकरणको मुनाफामा उल्लेख्य सुधार देखिएको हो । प्राधिकरणले चालु आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ मुनाफा नघाउने लक्ष्य लिएको छ ।

समिक्षा अवधिमा प्राधिकरणले ४७ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ भने ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणको मूख्य आम्दानी र खर्च क्रमश विद्युत् विक्री र खरीदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायहरुको दीर्घकालीन ऋण १ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।

प्राधिकरणको पूँजीकृत सम्पत्ति १ खर्ब ६५ अर्ब, पूँजीकृत हुन बाँकी सम्पत्ति १ खर्ब ५२ अर्ब, सहायक कम्पनीहरुमा लगानी ३५ अर्ब ३४ करोड र ऋण लगानी ३२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । तरल पूँजी ८५ अर्ब १ करोड रुपैयाँ रहेको छ ।

विद्युत् निर्यात बढ्यो, आयात घट्यो

आघिल्लो वर्षहरुको तुलनामा चालू आवको ६ महीनामा नेपालमा खपत भएर बढी रहेको विद्युत् भारतर्फ निर्यात बढेको छ भने अपुग विद्युतको आयातको परिमाण घटेको छ । गत आवमा ३१ करोड ६० लाख रुपैयाँको विद्युत् भारत निर्यात भएकोमा चालू आवको ६ महीनामै ८० करोड ५० लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । ऊर्जाका आधारमा गत आवमा ४ करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महीनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।

आव २०७६/ ७७ मा १३ अर्ब ४२ करोड रुपैयाँको विद्युत् आयात भएकोमा गत आवमा बढेर २१ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । तर, चालू आवको ६ महीनामा २ अर्ब ५८ करोड रुपैयाँको मात्र विद्युत् आयात भएको छ ।

माघ, फागुनमा आयात केही बढ्ने भएतापनि यस वर्ष १० अर्ब रुपैयाँभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए। यसवर्ष अघिल्लो वर्षको तुलनामा करीब २०० मेगावाट विद्युत् माग बढेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करीब ६६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ ।

विद्युत् चुहावट १४.४५ प्रतिशतमा झर्यो

चालू आवको ६ महीनामा विद्युत् चुहावट १४ दशमलव ४५ प्रतिशतमा झरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७।१८ प्रतिशतको चुहावटलाई चालू आवको ६ महीनामा २ दशमलव ७३ प्रतिशत विन्दुले घटाएर १४ दशमलव ४५ प्रतिशतमा सीमित भएको छ ।

विद्युत् प्रसारण र वितरणतर्फसहित चालू आवको ६ महीनामा चुहावट १४ दशमलव ४५ प्रतिशतमा झरेको हो । प्रणाालीमा हुने चुहावटमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९ दशमलव २३ प्रतिशत छ । प्राधिकरणले चालू आवमा विद्युत चुहावट १५ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

चुहावट घटेकोले आम्दानी बढ्दा त्यसको परिणामस्वरुप प्राधिकरणको नाफा बढेको कार्यकारी निर्देशक घिसिङले बताए। घिसिङले चुहावट नियन्त्रण अभियान प्रभावकारी रुपमा चलाइएको, सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको उल्लेख गरे ।

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्ने, मीटर रिसिलिङ गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS