काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले पुन चैत २२ गते २५ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा गायत्री कुञ्ज, अतिथि सदन, जानकी चोक जनकपुर धाममा विहान ११:३० बजे हुने भएको हो ।
यसअघि चैत ७ गते साधारणसभा सम्पन्न गर्ने भनि सञ्चालक समितिले माघ १४ गते सुचना जारी गरिएको थियो । उक्त दिन आह्वान गरिएको साधारण सभामा गणपुरकको संख्या अपुग भएपछि साधारण सभा सम्पन्न हुन सकेको थिएन ।