काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले स्टेट विजनेश हेड(बागमति र गण्डकी प्रदेश)का लागि २ जना, एरिया ब्रान्च म्यानेजर(नेपालगञ्ज र धादिङ)का लागि २ जना, सिएका लागि २ जना, टिम हेडका लागि १ जना, आइटि एक्ज्युकिटिभका लागि एकजना र सातै प्रदेशका लागि कम्पनीको विभिन्न शाखामा ब्रान्च म्यानेजरको लागि माग गरेको जनाएको छ ।
कम्पनीले उक्त पदका लागि न्युनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । ईचछकु तथा योग्यता पुगेकाले फागुन २० गतेभित्र आवेदन दिनुपर्नेछ ।