काठमाडौं । ग्लोबल आइएमई बैंकले हिजो फागुन ४ गतेदेखि लागू हुने गरी आस्बा शुल्क लिने भएको छ । कम्पनीले एक सूचना जारी गरी आईपीओ निष्कानशको लागि बैंकमार्फत आवेदन दिँदा प्रति आवेदन १५ रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ ।
कम्पनीले आजबाट निष्काशन भएको आईपीओलाई मध्यनजर गरेर शुल्क लिन शुरुवात गरेको छ । बुधवारदेखि राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरिरहेको छ ।
बैंकहरुले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म आस्बा शुल्क लिन गरेका छन् ।