Connect IPS
IME Life

पहिलो दिनमा राष्ट्र उत्थान लघुवित्तको आइपीओमा १७.७२ गुणा बढीको आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजदेखि निष्काशन भएको राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै मागभन्दा १७.७२ गुणा बढी आवेदन परेको छ । आज ६ बजेसम्म ७ लाख २८ हजार १९३ जना आवेदकबाट ८६ करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको ८६ लाख ४८ हजार ४९० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ९४ हजार ५ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

Prabhu
Crest

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले छिटोमा फागुन ८ गतेसम्म बिक्री खुला गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा मात्र ढीलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस भन्दा अगाडीको प्राथमिक शेयर निष्काशनमा २७ लाख भन्दा धेरैको आवेदन परेको हुँदा यसमा अधिकतम १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु पर्ने देखिदैन । संस्थाको प्राथमिक शेयर जम्मा ७८ हजार ४५० जनाले मात्रै १०/१० कित्ताका दरले प्राप्त गर्ने छन् ।

संस्थाको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । संस्थाको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS