काठमाडौं । हिजो बढेको शेयर बजार आज १९ दशमलव ८४ अंकले घटेर २,७३४ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज ३२ वटा कम्पनीको शेयर मुल्य घढेको छ भने १५४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज अर्ब २ करोड ६३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २१ १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको ५२३ रुपैयाँ शेयर मुल्य कायम भएको छ ।
त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४२७ रुपैयाँ कायम भएको छ । अरुण कावेली पावर कम्पनीको १६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।