Connect IPS
IME Life

नेप्से परिसूचक १९ अंकले घट्यो, २ उपसूचक बाहेक सबै रात्ताम्मे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो बढेको शेयर बजार आज १९ दशमलव ८४ अंकले घटेर २,७३४ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज ३२ वटा कम्पनीको शेयर मुल्य घढेको छ भने १५४ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज जीवन बीमा तथा अन्य उपसूचक बढेका छन् भने सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २३१ वटा कम्पनीको ५६ करोड ५२ लाख १८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २१ १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको ५२३ रुपैयाँ शेयर मुल्य कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको १७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४२७ रुपैयाँ कायम भएको छ । अरुण कावेली पावर कम्पनीको १६ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय सस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले कमाएका हुन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया

ब्यालेन्स फण्डका इकाईधनीले २ दशमलव ८७ प्रतिशतका दरले कमाएका हुन् ।
त्यसैगरी आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ६९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS