Connect IPS
IME Life

इमर्जिङ्ग नेपालको आइपीओ प्रि-अलोटमेन्ट सम्पन्न, भोलि बाडँफाँड हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ भोलि बुधवार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले भोलि ३ः३० बजे आईपीओ बाँडफाँड गर्ने जानकारी दिएको हो । कम्पनीले आज आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरिसकेको छ । उक्त आइपीओ आज प्रि अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको र उताबाट स्वीकृति आएमा भोलि बाँडफाँडको तयारी गरेको विक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा करीब ५४ गुणा बढी आवेदन परेको छ । आइपीओमा २४ लाख १५ हजार ९ सय १९ जना आवेदकले २ करोड ७८ लाख ३५ हजार ४ सय २० कित्ताको लागि आवेदन दिएका हुन् ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारण समुहको ५ लाख ५५ हजार ६०० कित्ता शेयर फागुन एक गतेसम्म बिक्री खुला गर्ने भएको हो । सर्वसाधारण समुहको ५ लाख ५५ हजार कित्ता मध्ये कर्मचारीका लागि २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात २७ हजार २८० कित्ता शेयर सुरक्षित गरिएको छ । र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता आम सर्वसाधारणका लागि बिक्री गरेको हो ।

पुर्वाधार विकास सम्बन्धी कम्पनीमा लगानी गर्ने उद्देयले स्थापित यस कम्पनीले २०७२ सालदेखि लगानी गर्दै आइरहेको छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४० हजार रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समुहको ९० प्रतिशत र सर्वसाधारण समुहको १० प्रतिशत हिस्सा रहने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS