Connect IPS
IME Life

नेप्से परिसूचक ५३ अंकले बढ्दा हाइड्रोपावरको शेयरमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव ३० अ.कले बढेको छ तर कारोबार रकम भने न्युन रहेको छ । आज नेप्से २,७५४ दशमलव २८ को विन्दुमा कायम भएको छ । आज १७९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७ वटा कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबै उपसूचक हरियाली भएका छन् । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक ४ प्रतिशतले बढेका छ ।

आज दिनभरिमा २२४ वटा कम्पनीको ६३ करोड ४३ लाख २२८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

आज नेपाल टेलिकमको १८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको १३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५७३ रुपैयाँ कायम भएको छ । जीवन विकास लघुवित्तको १३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ८ दशमलव ७० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन उर्जा विकासका लगानकिर्ताले ७ दशमलव ७५ प्रशिततका दरले कमाएका हुन् । कालिका पावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS