Connect IPS
IME Life

जोशी हाइड्रोपावरको स्थगित साधारणसभा पुनः आह्वान, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुनः साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा आगामी फागुन ११ गते भर्चुअल माध्यमबाट सभा गर्ने जनाएको छ । कम्पनीले यस अघि माघ ३ गते साधारणसभा आह्वान गरेकोमा गणपुरक संख्या नपुगेर स्थगित भएको थियो । सोही साधारण सभा आब्हान गरेको हो । कम्पनीले लाभांश घोषणा गरेको छैन ।

कम्पनीले एक साथ आर्थिक ७५/७६, ७६/७७ र ७७/७८ को साधारणसभा गर्न लागेको हो । कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आ।ब। २०७५/०७६, २०७६/०७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसुचीहरु माथि छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७८र०७९ को लागि लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकको नियुक्ती गर्ने प्रस्ताव पारित हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने गरेको थियो । त्यसकारण पुस २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS