काठमाडौं । मोरङ, पथरी नगरपालिका–१० का भिमराज र गीताले प्रेम दिवसको दिनमा १० लाख बीमाङ्क बराबरको दम्पती सुरक्षा पल्स बीमा योजना लिएका छन् । । एशियन लाईफ इन्स्योरेन्स शाखा कार्यालय इटहरीको उपशाखा वेलवारीबाट जारी बीमालेखबाट श्रीमान श्रीमती दुबै जनाको जोखिम बहन हुने उपशाखा वेलवारीका इन्चार्ज श्याम पोखरेलले बताए ।
प्रेमको वास्तविक अर्थ एकअर्कालाई माया गर्नु, हेरचाह गर्नु हो । यस बीमालेखले श्रीमान श्रीमती दुवैको आर्थिक, सामाजिक र भविष्यमा आइपर्ने आर्थिक जोखिमबाट जोगाउनु रहेको अभिकर्ता सुजता सुमन परियारको भनाई छ ।
पछिल्लो समय माया प्रर्दशन गर्ने होड नै चलेको छ । माया प्रर्दशन गर्नु भन्दा भविष्यमा आइपर्ने आर्थिक जोखिमबाट बच्ने आधारशिला निर्माण गर्नु सही अर्थमा प्रेम व्यक्त गरेको बुझिने सिनियर एजेन्सी म्यानेजर पुष्पा अधिकारीको बुझाइ छ । बीमा पनि बाँच्ने आधार हो, प्रेम गर्ने व्यक्ति साथमा हुदाँ सम्बन्धमा झन धेरै मिठास आउँछ । कारणवस केही तलमाथि भएको बेला जीवन बीमाकै माया पाइने सिनियर एजेन्सी म्यानेजर अधिकारीको भनाई छ ।
युवायुवतीले फजुल खर्च गरेर प्रेम दिवस मनाउनु भन्दा आफ्नो भविष्यको जीवनसाथी, सन्तान, आमाबुबा, दाजुभाई तथा दिदीबहिनीलाई मायाको प्रतिकको रुपमा रहेको जीवन बीमा गराएको उचित हुने बीमित भिमराज र गीताको भनाई छ ।