काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशअन लिमिटेड (एलआइसी) ले ब्यतित बीमालेख पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले बीमितहरुको हितलाई ध्यानमा राख्दै यस कम्पनीबाट जारी भएका र विभिन्न कारणहरुले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका बीमालेखरु पुनर्जागरण गरेमा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको हो ।
उक्त बीमालेख पुनर्जागरण अवधि २ महिना २०७८ फागुन १ गतेदेखि २०७८ चैत २० गतेसम्म, बिलम्ब शुल्कमा ३५ प्रतिशत वा ३५ हजार रुपैयाँ जुन कम हुन्छ त्यसमा छुट प्रदान गरिनेछ । साथै एलआइसीका सबै व्यतित भएका बीमालेखमा यस छुट प्रदान गरिनेछ ।