काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि गठन भएको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले बोर्डको अध्यक्षका लागि रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको छ ।
उनिहरु तीन जना मध्येबाट एक जनालाई नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । अव बस्ने मन्त्रिपरिषदको बैठले नियुक्त गर्ने बाटो खुला भएको हो ।
बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो । आवेदन दिने मध्ये ५ जनालाई समितिले सर्ट लिस्टमा पारेको थियो । सर्ट लिष्टमा परेका मध्ये निरज गिरी र खगेन्द्र कटुवाल अध्यक्षको दौडबाट बाहिरिएका छन् । तीनै जना नेपाली काङ्ग्रेस निकट हुन् । समितिले राजनीतिक सहमति अनुसार सर्टलिष्टमै काङ्ग्रेस निकट उमेदवारलाई चयन गरेको छ ।
सर्वोत्तम सिमेन्टको भित्रिकारोबारमा संलग्न भएको पाइए पछि सरकारले निवर्तमान अध्यक्ष भिष्मराज ढुङ्गानालाई निलम्बन गरेको थियो । अव आउने अध्यक्षले उनै ढुङ्गानाको बाँकी रहेको कार्यकाल २ वर्ष अध्यक्ष रहने छन् ।