काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४७ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ९६ जनाको कोरोना परीक्षण भएकोमा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार २ सय ७९ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा ४ सय ८२ जना र २ हजार ४ सय १७ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बितेको २४ घण्टामा २ हजार ३ सय १९ जना निको भएर घर पर्किएका छन् भने ८ संक्रमितको मृत्यु भएको छ ।