Connect IPS
IME Life

प्रभु क्यापिटलको नयाँ रेकर्ड, जाल्पा लघुवित्तको आइपिओ बाँडफाँड भएको ३० मिनेटमै हेर्न मिल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटलले आइपिओ नतिजा हेर्न मिल्ने समयमा नयाँ रेकर्ड बनाएको छ । बाँडफाँड भएको दुई तीन घण्टासम्म मात्रै हेर्न मिल्ने व्यवस्था रहेकोमा यस पटक भने प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड भएको ३० मिनेटमै हेर्न मिल्ने बनाएको छ ।

क्यापिटलले ५ बजे बाँडफाँड सम्पन्न गरेको थियो । बाँडफाँड भएको ३० मिनेटमै प्रभु क्यापिटलको वेवसाइटमा हेर्न मिल्ने बनाएको छ ।  जाल्पा लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर प्रभु क्यापिटल को वेवसाइटबाट हेर्न सकिन्छ ।

Prabhu
Crest

संस्थाको प्राथमिक शेयर भाग्यमानी ४८ हजार ७९० जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । प्राथमिक शेयरका लागि २७ लाख ६ हजार ७६७ जनाले आवेदन दिएका थिए । उनिहरु मध्ये बाँडफाँडका लागि २६ लाख ७ हजार जना मात्रै योग्य थिए ।

संस्थाले सर्वसाधारण समुहको ५ लाख २२ हजार कित्ता शेयर बाँडफाँड गरेको हो । यस मध्ये ८ हजार कित्ता कर्मचारीहरुले प्राप्त गरेका छन् । त्यस्तै २६ हजार १०० कित्ता सामुहिक लगानी कोष म्युचुअल फण्डले प्राप्त गरेका छन् ।

उनिहरुलाई बाँडफाँड गरेर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयर ४८ हजार ७९० जनाले १०/१० कित्ताले प्राप्त गरेका हुन् । प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले लक्की ड्र मार्फत उनिहरुलाई छनोट गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS