काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यस पटक प्रभु क्यापिटले साविकको समयमाभन्दा सबैभन्दा छिटो हेर्न मिल्ने व्यवस्था गर्ने जानकारी दिएको छ । कम्पनीको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।
आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार कम्पनीको वेबसाइट http://jalpamf.com/ , बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट http://results.prabhucapital.com/ , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।
कम्पनीले माघ २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिने व्यवस्था थियो ।
संस्थाको प्राथमिक शेयर भाग्यमानी ४८ हजार ७९० जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । प्राथमिक शेयरका लागि २७ लाख ६ हजार ७६७ जनाले आवेदन दिएका थिए । उनिहरु मध्ये बाँडफाँडका लागि २६ लाख ७ हजार जना मात्रै योग्य थिए ।
संस्थाले सर्वसाधारण समुहको ५ लाख २२ हजार कित्ता शेयर बाँडफाँड गरेको हो । यस मध्ये ८ हजार कित्ता कर्मचारीहरुले प्राप्त गरेका छन् । त्यस्तै २६ हजार १०० कित्ता सामुहिक लगानी कोष म्युचुअल फण्डले प्राप्त गरेका छन् । उनिहरुलाई बाँडफाँड गरेर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयर ४८ हजार ७९० जनाले १०/१० कित्ताले प्राप्त गरेका हुन् ।