Connect IPS
IME Life

तरङ्गित राजनीति र व्याजदरले आत्तीए लगानीकर्ता, १०१ अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तरङ्गित राजनीति र बैंकहरुको बढ्दो व्याजदरले लगानीकर्ताहरु आत्तीएका छन् । सत्तारुढ गठबन्धनले प्रधानन्यायाधिश चोलेन्द्रशमसेर जवरा विरुद्ध अविस्वासको प्रस्ताव पेश गरे सँगै राजनीतिक अन्योलता बढेको छ । अर्को तर्फ एमसिसीको विषयलाई लिएर सत्तारुढ गठबन्धन विचमै कुरा मिलिरहेको छैन । यसले राजनीतिक अन्योलता बढेको छ ।

मंगलबार शेयर बजारमा १०१ अंकले घट्नुमा अर्को कारण बन्यो बैंकको बढ्दो व्याजदर । बैंक तथा वित्तीय संस्थाहरु विच व्याजदर बढावढमा तिव्र प्रतिस्पर्धा भएको छ । सम्पुर्ण बैंकहरुले मुद्दती तथा साधारण निक्षेपको व्याजदर बढाएका छन् । बैंकहरुले नै गर्दै आएको भद्र सहमति तोड्दै सबैले व्याजदर बढाएका हुन् ।

Prabhu
Crest

बजारमा निक्षेप नै आउन छाडेपछि बैंकहरुले बाध्य भएर व्याजदर बढाएका हुन् । दुई महिना अगाडी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदर बढाउनेलाई अंकुस लगाएको थियो । तर नेपाल राष्ट्र बैंकको अंकुसले यस पटक भने काम गरेन । जतिवेला नेपाल राष्ट्र बैंकले व्याजदर बढाउनमा रोकेको थियो त्यतिवेला बैंकहरुले भोलिका दिनमा तरलता प्रभाव हुने अनुमान गरेका थिए । तर अनुमान गरे अनुसार बजारमा तरलता थपिनुको सट्टा थप टाइट भयो । निक्षेपको अभावमा बैंकहरु कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।

यहि भुमरीमा साताको पहिलो दिन आज आइतबार नेप्से सूचक १०१.२४ अंकले घटेको छ । नेप्से सूचक तल झरे पनि कारोबार रकम ५ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै हाइड्रोपावरको सूचक ५.४७ प्रतिशतले तल झरेको छ । नेप्से सूचक ३.६१ प्रतिशतले तल झरेर २७००.३२ अंक कायम भएको छ । सूचिकृत सम्पुर्ण कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आज एउटा पनि कम्पनीको शेयर मूल्य बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS