Connect IPS
IME Life

सन नेपालको मुनाफा ४४ प्रतिशतले बढ्यो, बीमा शुल्क आर्जन एक अर्ब ३१ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्षमा ४४.२३ प्रतिशलते मुनाफा बढाउन सफल भएको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा ८ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षमा ५ करोड ५६ लाख रुपैयाँ थियो ।

खुद बीमा शुल्क आर्जनमा पनि उल्लेख्य सुधार देखिन्छ । कम्पनीले यस वर्ष ४३ प्रतिशतले बढाउदै एक अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा ९१ करोड ६२ लाख रुपैयाँ मात्रै थियो ।

Prabhu
Crest

व्यवसायमा सुधार सँगै अभिकर्ताले प्राप्त गर्ने कमिशनमा पनि बृद्धि भएको छ । अभिकर्ताले यस वर्ष २० करोड २६ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा उनिहरुले १६ करोड ७६ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

यस वर्ष कम्पनीको दाबी भुक्तानीमा धेरै बृद्धि भएको देखिन्छ । कम्पनीले गत वर्ष ७ करोड २५ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेकोमा यस वर्ष १९ करोड ८३ लाख रुपैयाँको दाबि भुक्तानी गरेको छ । बैदेशिक रोजगार बीमाको पुल व्यवस्थापन रहेकाले पनि कम्पनीको दाबी भुक्तानीमा उल्लेख्य बृद्धि भएको हुन सक्छ । हाल कम्पनीमा कायम रहेको बीमालेखको संख्या २ लाख १३ हजार वटा छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । जगेडा कोषमा ३७ करोड ७८ लाख रुपैयाँ रहेको छ । जीवन बिमा कोषमा तीन अर्ब ६ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जीवन बीमा कोषमा एक अर्ब ८६ करोड रुपैयाँ मात्रै थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS