Connect IPS
IME Life

 नेपाल लाइफको मुनाफामा भारी गिरावट, खुद बीमा शुल्क आर्जन १८ अर्ब ११ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाशिक अवधिमा कम्पनीको मुनाफा ६९ प्रतिशतले घटेर १३ करोड चार लाख रुपैयाँमा सिमित भएको छ । जवकी गत वर्षको यहि अवधिमा ४२ करोड ९७ लाख रुपैयाँ थियो । कम्पनीका अनुसार गत वर्ष २५ करोड रुपैयाँ राइट व्याक हुँदा मुनाफा धेरै देखिएको थियो । यसले गर्दा यस वर्ष मुनाफामा धेरै गिरावट जस्तो देखिए पनि यो वास्तविक मुनाफा भएको कम्पनीको तर्क रहेको छ ।

खुद बीमा शुल्क आर्जन तर्फ भने सामान्य सुधार देखिन्छ । कम्पनीले ६ महिनाको अवधिमा १८ अर्ब ११ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने १७ अर्ब ८ करोड रुपैयाँ थियो ।

Prabhu
Crest

बीमा शुल्क आर्जनमा खासै सुधार नहुँदा अभिकर्ताले प्राप्त गर्ने कमिशन भने घटेको छ । अभिकर्ताले पाउदै आएको कमिशन घटाउने नीति लिए सँगै यस वर्ष कमिशन खर्च घटेको हो ।  गत वर्ष एक अर्ब ९२ करोड रुपैयाँ खर्च भएकोमा यस वर्ष जम्मा एक अर्ब ८४ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

कम्पनीको खुद दाबी भुक्तानी पनि बढेको छ । गत वर्ष ५ अर्ब ५६ करोड रुपैयाँको दाबी भुक्तानी भएकोम यस वर्ष बढेर ७ अर्ब ३० करोड रुपैयाँ नाघेको छ ।

नेपाल लाइफको जीवन बीमालेख पहिलो त्रैमाशिक अवधिको भन्दा केहि घटेको छ । पहिलो त्रैमाशिक अवधिमा जारी बीमालेखको संख्या १३ लाख ९३ हजार २५८ वटा थियो तर दोस्रो  त्रैमाशिक अवधिमा १३ लाख ८६ हजार ५५ वटा मात्रै छ ।

मुनाफामा गिरावट सँगै प्रतिशेयर आम्दानी तीन रुपैयाँमा सिमित भएको छ । यो मुनाफा बास्तविक मुनाफा होइन । जीवन बीमा कोषबाट प्राप्त आम्दानीलाई नजोडिने भएकाले अहिले धेरै कम देखिन्छ । यो एक्चुरियल मूल्याङ्कन पछि मात्रै यथार्थ थाहा हुन आउछ । तर अहिलेको घटेको देखिनु भन्नुको मतलब समग्रतामा भोलिका दिनमा पनि घट्ने संकेत भने देखिएको छ ।

कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । जगेडा कोषमा एक अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा भने एक खर्ब २४ अर्ब रुपैयाँ जम्मा गर्न सफल भएको छ । यो जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक ठुलो कोष हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS