काठमाडौं । कामना सेवा विकास बैंकले “कामना सेवा कस्टुमर डे“ सम्पन्न गरेको छ । ’के एस बि बि एल कार्ड’ फेबरुअरी ९ -२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनलाई वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम “कामना सेवा कस्टुमर डे“ कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिदैँ प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न कार्यक्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहकहरुलाई धन्यवाद दिदै उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गरेकोमा सम्पूर्ण ग्राहकहरु प्रति कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकहरुका आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताए ।