काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २,८१३ दशमलव ४७ को विन्दुमा कमयम भएको छ । आज २० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६५ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै लिवर्टी इनर्जीका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दहमलव ०८ प्रतिशतका दरले कमाएका हुन् ।
त्यस्तै, आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले २ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले १ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानकिर्ताले १ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै बुद्ध भुमि हाइड्रोपावरका लगानीकर्ताले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।