काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ११ अंकले घटेर २,८१३ दशमलव ४७ को विन्दुमा कमयम भएको छ । आज दिनभरिमा २२३ वटा कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।