काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत बोनश शेयर घोषणा गरेको छ । संस्थाको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २८ करोड ६७ लाख रुपैयाँको २१ प्रतिशत अर्थात ६ करोड २ लाख रुपैयाँ बोनस शेयरको प्रस्ताव गरेको हो । प्रस्तुत लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन सक्नेछ । साधारणसभाले लाभांश पारित गरे पछि मात्रै शेयरधनीहरुले पाउने छन् ।
लाभांश घोषणा हुनु भन्दा अगाडी संस्थाको शेयर मूल्य १४३० रुपैयाँ थियो । संस्थाले गत वर्ष जम्मा ८.८५ प्रतिशत मात्रै बोनस शेयर दिएको थियो ।