काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आजदेखि संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्री गर्न लागेको हो ।
शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नु पर्ने बैंकले जनाएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा शेयर विक्री गरिने बैंकले जनाएको छ ।