काठमाडौं । निर्माणको चरणमा रहेको मध्ये भोटेकोशी जलविद्युत कम्पनी ७७ लाख २ हजार रुपैयाँ नोक्सानमा रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा कम्पनीको प्रशासनिक खर्च मात्रै २ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
गत वर्ष सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको मध्ये भोटेकोशीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष २८ करोड ५ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिशेयर आम्दानी ०.२६ रुपैयाँ ऋणात्मक छ । प्रतिशेयर नेटवर्थ ९५.३२ रुपैयाँ रहेको छ । कम्पनीले १०५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । निर्माण ठेकेदार सँगको विवादले गर्दा निर्माण सम्पन्न हुने अवधि भने लम्बिने देखिन्छ ।