Connect IPS
IME Life

नाफा बुक गर्ने हाबी हुँदा चुनाव घोषणाकै भोलिपल्ट १६.३० अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले चुनाव घोषणा गरेकै भोलिपल्ट नेप्से सूचक १६.३० अंकले घटेको छ । चुनाव घोषणा पछि शेयर बजार सुधार हुने भन्दै गएका दिनमा शेयर खरिद गर्नेहरुले नाफा बुक गर्दा शेयर बजारमा उल्टै गिरावट आएको हो । सरकारले चुनाव घोषणा गरे पनि एमसिसीको विषयलाई लिएर चुनाव हुने नहुने पनि टुङ्गो नभएको कतिपयको विश्लेषण रहेको छ । अर्को तर्फ बैंकिङ तरलता अझै सहज हुने परिस्थिति छैन । अव शेयर बजार सुधार हुनका लागि बैंकिङ तरलतामा केहि सुधार हुने संकेत पछि मात्रै बजार बढ्नेछ ।

Prabhu
Crest

कारोबार खुल्ने वित्तीकै सुधार हुने थालेको शेयर बजार अधिकतम २९२१ अंकसम्म पुगेको थियो । तर ५० अंक भन्दा माथिले सुधारिएको शेयर बजारमा एकाएक सेलिङ प्रेसर आउदा बजार उल्टै घट्ने लागेको थियो ।

मंगलबार नेप्से सूचक १६.३० अंकले घटेर २८३५.५८ अंकमा रोकिएको छ ।  कारोबार रकम ६ अर्ब २८ करोड रुपैयाँ नाघेको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले ३.३८ प्रतिशतले कमाएका छन् । त्यस्तै सर्वाधिक धेरै गुमाउनेमा लिवर्टी इनर्जी कम्पनीका शेयरधनी छन् । आज बैंकिङ, विकास बैंकिङ, हाइड्रोपावर, फाइनान्स, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानीको सूचकमा गिरावट देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS