काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३० अंकले घटेको छ । आज ४० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज २३० वटा कम्पनीको१ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबेभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३५ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ३३ करोडमाथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५३१ रुपैयाँ कायम भएको छ । निफ्राको ३२ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४०५ रुपैयाँ कायम भएको छ । अपर तामाकोशीको ३२ करोडमाथिको शेयर कारोबार भएको छ ।