काठमाडौं । सिटिजन्स बैंकले ललितपुरको बागमती गाउँपालिकास्थित सुबानेमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
बैंकले हाल १७४ शाखा, १२३ ए।टि।एम। र ९१ शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।