काठमाडौं । बैंकहरुले माघ तेस्रो सातामा निक्षेप संकलन तीन अर्बले बढाउदा कर्जा लगानी भने जम्मा एक अर्बले मात्रै विस्तार गरेका छन् । कर्जा विस्तार गर्नै नसक्ने अवस्थामा पुगेका बैंकहरुको सिडी रेसियो ९०.५२ प्रतिशत पुगेको छ । जवकी माघ पहिलो/दोस्रो सातामा सिडी रेसियो ९०.३० प्रतिशत हाराहारी थियो ।
माघ दोस्रो साता बाणिज्य बैंकहरुको निक्षेप संकलन तीन अर्बले घटेको थियो । पछिल्लो निक्षेप संकलन १६ अर्बले घटेको थियो । माघ २१ गतेसम्ममा बाणिज्य बैंकहरुले ४३ खर्ब ११ अर्ब रुपैया निक्षेप संकलन गरेका छन् । त्यस्तै यहि अवधिमा कर्जा लगानी भने ४१ अर्ब ४९ अर्ब रुपैयाँ रहेको छ ।