काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढेर २,८५१ दशमलव ८६ को विन्दुमा कायम भएको छ । आज ५ अर्ब २ करोड २० लाख १७ हजार रुपैयाँको शेयर कारोबार हुँदा निफ्राको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४१२ रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, आज नेशनल हाइड्रोपावर कम्पनीको २७ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३१ रुपैयाँमा कायम भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको २५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।