IME Life
GBIME

नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि हुँदा कारोबार रकम ५ अर्ब नाघ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढेर २,८५१ दशमलव ८६ को विन्दुमा कायम भएको छ । आज १०५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७० वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज तीन उपसूचक बाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।

आज दिनभरिमा २२४ वटा कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज निफ्राको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४१२ रुपैयाँमा कायम भएको छ ।

Crest

त्यस्तै, आज नेशनल हाइड्रोपावर कम्पनीको २७ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३१ रुपैयाँमा कायम भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको २५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको २४ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै निफ्राका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले ८ दशमलव ४२ प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोका लगानकिर्ताले ६ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबेभन्दा धेरै बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS