काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।
शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।