काठमान्डौ । साताको पहिलो कारोवार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ४० दशमवल ५७ अंकले घटेको हो । प्रतिशतमा १ दशमवल ४१ प्रतिशतले घटेको बजारमा ५ अर्ब ८३ करोडको शेयर कारोवार छ । टप तीन ब्रोकरमध्ये ब्रोकर नम्बर ५८ बाट धेरै बिक्री हुँदा ४५ र ३४ बाट खरिद धेरै भएको छ।
आजको ब्रोकरको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ५८ बाट सर्वाधिक शेयर कारोवार गरेको छ । ५८ नम्बर ब्रोकरबाट ७१ करोड ६९ लाखको शेयर कारोवार भएकोमा २७ करोड २२ लाखको खरिद र ४४ करोड ४७ लाखको बिक्री भएको छ । यसरी ५८ नम्बर ब्रोकरबाट खरिद भन्दा १७ करोड २५ लाख धेरै बिक्री भएको छ।
५८ पछि ४५ नम्बर ब्रोकरबाट धेरै शेयर कारोवार भएको छ । ४५ नम्बर ब्रोकरबाट भने ३७ करोड ४२ लाख बराबरको खरिद हुँदा २९ करोड ७४ लाख बराबरको बिक्री भएको छ । ४५ नम्बर ब्रोकरबाट भने खरिद धेरै भएको छ।
सर्वाधिक शेयर कारोवार गर्ने तेश्रो नम्बर ब्रोकरमा ३४ नम्बर ब्रोकर रहेकोमा सो ब्रोकरबाट २८ करोड ४१ लाख बराबरको खरिद हुँदा २४ करोड २४ लाख बराबरको बिक्री भएको छ ।