काठमाडौं । मेगा क्यापिटल मार्केट्सले कोरोना महामारीको अवस्थामा विशेष योजनामार्फत स्वास्थ्यकर्मी लक्षित फ्रन्टलाइनर प्रोटोफोलियो म्यानजेमेन्ट सर्भिस नामक योजना सुरु गरेको छ । कम्पनीले कोभिड–१९ संक्रमण चलिरहेको अवस्थामा समेत व्यक्तिगत जीवनभन्दा देशवासीको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरेर अग्र भागमा खटेर काम गरिरहेका साहसी स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद दिँदै यस्तो योजना ल्याएको हो ।
कम्पनीले अग्र भागमा खटिएका स्वास्थ्यकर्मीलाई मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५० प्रतिशत र एक्जिटमा ५० प्रतिशत छुट दिनेछ ।
कम्पनीले महामारीको समयमा पनि सुरक्षित र व्यवस्थित लगानी, वित्तीय सल्लाह र मार्गदर्शन, तोकिएका कर्मचारीबाट ग्राहक मागअनुसार साप्ताहिकरमासिक रिपोर्टिङलगायत सेवा दिइँदै आएको बताएको छ ।