काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४० दशमलव ५७ अंकले घटेर २,८३६ दशमलव १७ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् । एनआरएन इन्फ्राइष्ट्रचरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी आज सबैभनदा धेरै विन लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।