काठमाडौँ । अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडसँग रहेको अरूण काबेली पावर कम्पनी लिमिटेडको शेयर विक्री हुने भएको छ । कम्पनीले कम्पनीसँग रहेको अरूण काबेली पावरको २२ लाख ३२ हजार ५ सय ७० कित्ता शेयर कम्पनी तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
कम्पनीले विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृती तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत शेयर विक्री गर्न लागेको जनाएको छ ।