Connect IPS
IME Life

ग्रीन भेन्चर्स ले फागुन २ गतेदेखि आइपिओ निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्रीन भेन्चर्सले फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी तीन अर्ब १२ करोड ५० लाख मध्ये १० प्रतिशलते हुन आउने ३१ करोड २५ लाख रुपैयाँको आइपिओ प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गर्नेछ । आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्लाको खिजिम्वादेवी गाउँपालिका एक, दुई, तीन, लिखु गाउँपलिका नौ, एक, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका एक र दुई, उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाले आइपिओमा आवेदन दिन पाउने छन् ।

प्रभावित क्षेत्रबा बासिन्दाले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । कम्पनीले छिटोमा फागुन १६ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत एक गतेसम्म बिक्री गर्नेछ । यदि यस अवधिमा पनि बिक्री नभएमा बाँकी रहेको शेयर सहित सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।

Prabhu
Crest

कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरिसके पछि सर्वसाधारणलाई पनि ३१ करोड २५ लाख रुपैयाँको आइपिओ निष्काशन गर्नेछ । ग्रिन भेन्चरले रामेछाप जिल्लामा ५२.७ मेगावाट क्षमताको लिखु ४ खोला जलविद्युत आयोजनाको निर्माण गरेको छ । आयोनाको प्रतिमेगावाट लागत २३ करोड ५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको विद्युत उत्पादन बाँकी अवधि २५ वर्ष ८ महिना रहेको छ । पे व्याक परियड भने ८ वर्ष रहेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको हुँदा कम्पनीले व्यवसायिक उत्पादन सुरु गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS