नारायणगढ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणगढ शाखाले आज शनिबार आधारभुत अभिकर्ता तालिम एवम् पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका एरिया सेल्स म्यानेनर इश्वर बिकल सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४० जनाभन्दा बढी अभिकर्ताहरुको उपस्तिथि रहेको थियो ।
यस अघि विभिन्न जीवन बीमा कम्पन्नीहरुमा आबद्ध रहेका दुई दर्जन भन्दाबढी अभिकर्ताहरु ज्योती लाइफमा प्रबेश गरेका छन् । कम्पनीले सोही अवसरमा उक्त तालिमको आयोजन गरी अभिकर्ताहरुलाई प्रशिक्षण दिएको जनाएको छ ।
कार्यक्रममा प्रशिक्षण दिदै सेल्स म्यानेजर सापकोटाले जीवन बीमाको महत्व र ज्योति लाइफ इन्स्योरेन्स कम्पनिका पोलीसीहरुको विशेषता लगाएतका बिषयमा प्रकाश पारेका थिए ।
उक्त तालिमको सहजीकरण शाखा प्रबन्धक मुकुन्द भुसालले गरेका थिए ।