काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले १७औं वार्षिक साधारण सभा फागुन २० गते शुक्रबार गर्ने जनाएको छ । उक्त साधारण सभा कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले तय गरेको हो । उक्त सभा कल्पतरु होटल नेपालगञ्जमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ। त्यसैले माघ २७ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।