काठमाडौं । आज शुक्रबार माघ २१ गतेदेखि जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले १ सय रुपैयाँ अङ्कित दरमा ५ लाख २२ हजार कित्ता साधारण शेयर विक्री गर्दैछ । जसमध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता साधारण शेयर सर्वासाधारणलाई विक्री गर्दैछ।
यस आईपीओमा सर्वासाधारण लगानीकर्ताले ४ लाख ८७ हजार ९०० हजार कित्ताका लागि आवेदन दिन छन् । यसको अर्थ दश कित्ता नियम अनुसार ४८ हजार ७९० जना लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् ।
यस अघिको आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा २२ लाख भन्दा माथिले आवेदन दिने अनुमान गर्न सकिन्छ त्यसैले जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिन्छ ।
आईपीओ माघ २१ गते देखि माघ २५ गते सम्म खुल्ने छ । माघ २५ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि माघ २५ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा फागुन ६ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।
उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।